सेयर बजार निरन्तर ओरालोतिर,कारोबार रकम १ अर्बमा सीमित

काठमाडाैं | फागुन १७, २०७९

सेयर बजार निरन्तर ओरालोतिर,कारोबार रकम १ अर्बमा सीमित

काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो।  नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा अडिएको छ।

 

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३.६१ अंक र सोमबार ३.६५ अंकले घटेको थियो। नेप्से घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम घटेको  छ।

 

यसदिन १ अर्ब  २८ करोड ८३  लाख ६३ हजार ४२४ रूपैयाँमा सेयर खरिदबिक्री भयो। २५७ कम्पनीको  ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भयो।

 

आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो। बोटलर्स नेपालको सेयर मूल्य ९.६१ प्रतिशतले घट्यो।

 

कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ७२ लाख  ३७ हजार८५ रूपैयाँको सेयर खरिदबिक्री भयो।

 

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घटेको हो।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्